२६ आश्विन २०८३, सोमबार | October 13, 2026

माल्दिभ्सलाई चीनको पानी उपहार



काठमाडौं । चीनले माल्दिभ्सलाई तिब्बती हिमनदीहरूबाट १५ सय टन पानी उपहार दिएको छ ।  जुन दुई महिना भन्दा कम अवधिमा दोस्रो यस्तो दान हो ।

माल्दिभ्स चारैतिर समुन्द्रले घेरिएको छ तर त्यहाँ पिउने पानीको अभाव छ । यसैले माल्दिभ्सका लागि चीनको पानी उपहार विशेष मानिएको छ । माल्दिभ्स सरकारले यसका लागि चीन सरकारलाई धन्यवाद दिएको छ ।

यसअघि मार्च २७ मा चीनले १५ हजार टन पानीको पहिलो खेप माल्दिभ्स पठाएको थियो । यति मात्र होइन, चीनले माल्दिभ्समा मौसम अनुगमन प्रणालीलाई सुदृढ गर्न पनि सहयोग गरिरहेको छ । माल्दिभ्स जलवायु परिवर्तनको मारमा परेको छ र यसको कारण समुद्रको सतह द्रुत रूपमा बढिरहेको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ८ : ४२ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको