१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १७ औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन ।

उनले शुभकामना सन्देशमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गरेकी छिन । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्नुपर्ने बताएकी छिन ।

“विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ”, सन्देशमा भनिएको छ ।

उनले कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्ने बताएकी छिन । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्ने सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले जनताका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गरिने बताइन ।

उनले ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह पे्ररणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेकी छिन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ४० बजे

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन