१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : कांग्रेस नेता निधि



नवलपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी भएको बताएका छन् । नेपाली कांग्रेस चितवनको प्रशिक्षण विभागले आज नवलपरासी (बर्दघाट(सुस्तापूर्व) को गैँडाकोटमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले अन्य कुनै पार्टी लोकतान्त्रिक पार्टी नभएको बताए ।

“नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक, बहुलवादी र संसदवादी पार्टी हो”, उनले भने, “अरु कुनै पार्टी पनि हैनन् ।” नेपालमा ल्याइएको सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउनु अहिलेको आवश्यकता भएको नेता निधिको भनाइ छ । सङ्घीय संरचना नेपालमा ल्याइए पनि सङ्घीय प्रणालीअनुसारको पूरा संरचना निर्माण भइनसकेको उनले बताए ।

“सङ्घीय प्रणालीको संरचनात्मक अवयवको लागि हामीले कानुन बनाएका छैनौँ, संविधानको अनुसूचीमा रहेका कुरा हामीले दिएका छैनौँ”, उनले भने, “सङ्घीय प्रणाली लागू ग(यौँ, तीन तहको सरकार निर्माण गरियो तर प्रदेश मातहतमा आफ्नै प्रहरी छैन ।” संविधानले सङ्घीय, प्रदेश र स्थानीय तह गरी तीन वटा सरकार निर्माण गरेको भन्दै नेता निधीले प्रहरी नभइ सरकार नहुने बताए । सङ्घीयताको पक्षमा अझै कानुन बनाउँदै सङ्घीय प्रणालीलाई मजबुत बनाउनुपर्ने नेता निधिको धारणा थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले केन्द्रीय नेताहरुका कारण नेपाली कांग्रेसको जनमत घट्दै गएको बताए । “केन्द्रले गठबन्धन गरेर पठाउँदा हामीले कहिले हसिया हथौडामा, कहिले हलोमा मतदान गर्नुपरेको छ”, उनले भने, “जसका कारण केन्द्रबाट कांग्रेस बिगार्ने काम भइरहेको छ ।” तीन दिनसम्म सञ्चालन हुने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४५ जनाको सहभागिता रहेको प्रशिक्षण शाखाका सचिव टङ्कनाथ पौडेलले जानकारी दिए ।

सहभागीहरुलाई राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एव कांग्रेस केन्द्रीय सदस्य डा गोविन्द पोखरेल, कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा सुरेश आचार्य, डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका मुख्य सचिव राजु नेपाललगायतले प्रशिक्षण दिनेछन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ९ : २२ बजे

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको