५ पुस २०८२, शनिबार | December 20, 2025

टी-२० विश्वकप क्रीकेट : वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हरायो



काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रीकेट अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको छ ।

वेष्ट इन्डिजले १३७ रनको सामान्य लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । वेष्ट इन्डिजका लागि रोस्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले । धर्मराएको टोलीलाई चेश र आन्द्रे रसेलले जितसम्म डोर्‍याएका थिए ।

ओपनर ब्रेन्डन किंग २९ बलमा ७ चौकासहित ३४, जोनसन चार्ल्स शून्य, निकोलस पुरन २७, रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१५ रन बनाए ।

पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । एली नओ, चाद सोपर, जोन कारिकोले एक/एक विकेट लिए ।

त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । असाद भाला २१, टोनी उरा २, चाल्र्स अमिनी १२, किप्लिङ डोरिगा २७ र चाद सोपरले १० रन जोडे ।

वेष्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोतीले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ७ : १३ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र