२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

टी-२० विश्वकप क्रीकेट : वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले हरायो



काठमाडौं । आइसीसी टी-२० विश्वकप क्रीकेट अन्तर्गत आइतबार राति भएको खेलमा वेष्ट इन्डिजले पपुवा न्युगिनीलाई ५ विकेटले पराजित गरेको छ ।

वेष्ट इन्डिजले १३७ रनको सामान्य लक्ष्य १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । वेष्ट इन्डिजका लागि रोस्टन चेशले २७ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको अविजित इनिङ खेले । धर्मराएको टोलीलाई चेश र आन्द्रे रसेलले जितसम्म डोर्‍याएका थिए ।

ओपनर ब्रेन्डन किंग २९ बलमा ७ चौकासहित ३४, जोनसन चार्ल्स शून्य, निकोलस पुरन २७, रोभम्यान पावेल र आन्द्रे रसेलले १५/१५ रन बनाए ।

पपुवा न्युगिनीका असाद भालाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए । एली नओ, चाद सोपर, जोन कारिकोले एक/एक विकेट लिए ।

त्यसअघि प्रोभिडेन्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । असाद भाला २१, टोनी उरा २, चाल्र्स अमिनी १२, किप्लिङ डोरिगा २७ र चाद सोपरले १० रन जोडे ।

वेष्ट इन्डिजका आन्द्रे रसेल र अल्जारी जोशेफले २/२ विकेट लिए । अकिल हुसेन, रोमारियो शेफर्ड र गुडाकेश मोतीले एक/एक विकेट लिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ७ : १३ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान