२८ भदौ २०८३, आइतबार | September 13, 2026

ठेकेदारले अलपत्र छाडेको खजुराको सडकको ग्रीनबेल्टमा सिद्धार्थ बैंकले लगायो विरुवा



खजुरा । विश्व वातावरण दिवसको अवसरमा बाँकेको खजुरा बजार क्षेत्रमा बृक्षारोपण गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र सिद्धार्थ बैंकको प्रायोजनमा सडकको बिचभागको हरियाली क्षेत्र (ग्रीनबेल्ट) मा बृक्षारोपण गरिएको हो ।

खजुरा गाउँपालिका वडा नम्बर ३ नेपालगन्ज गुलरिया हुलाकी सडकको बिचभाग (ग्रीनबेल्ट) मा २०० बिभिन्न प्रवातीका विरुवाहरु रोपिएको खजुरा गाउँपालिकाले जनाएको छ । बृक्षारोपणको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले शुभारम्भ गरेका थिए । बजार क्षेत्रका बिचभाग (ग्रीनबेल्ट) मा सिद्धार्थ बैंकका कर्मचारी तथा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी कर्मचारीहरुले बिरुवा रोपेका थिए ।

बिचभागको (ग्रीनबेल्ट) मा बृक्षारोपण सहित सडक कालोपत्रे गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता बिपरीत गुणस्तरहिन सडक निर्माण गर्नुका साथै बिचभागको (ग्रीनबेल्ट)मा बृक्षारोपण नगरि अलपत्र पारेपछि पालिकाको पहलमा र सिद्धार्थ बैंकको लगानीमा बृक्षरोपण गरिएको हो । ग्रीनबेल्टको अधिकांस क्षेत्रमा यस अघि नै स्थानीयले स्वस्फुर्त विरुवा रोपेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  २ : ०१ बजे

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध