७ पुस २०८२, सोमबार | December 22, 2025

ठेकेदारले अलपत्र छाडेको खजुराको सडकको ग्रीनबेल्टमा सिद्धार्थ बैंकले लगायो विरुवा



खजुरा । विश्व वातावरण दिवसको अवसरमा बाँकेको खजुरा बजार क्षेत्रमा बृक्षारोपण गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र सिद्धार्थ बैंकको प्रायोजनमा सडकको बिचभागको हरियाली क्षेत्र (ग्रीनबेल्ट) मा बृक्षारोपण गरिएको हो ।

खजुरा गाउँपालिका वडा नम्बर ३ नेपालगन्ज गुलरिया हुलाकी सडकको बिचभाग (ग्रीनबेल्ट) मा २०० बिभिन्न प्रवातीका विरुवाहरु रोपिएको खजुरा गाउँपालिकाले जनाएको छ । बृक्षारोपणको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले शुभारम्भ गरेका थिए । बजार क्षेत्रका बिचभाग (ग्रीनबेल्ट) मा सिद्धार्थ बैंकका कर्मचारी तथा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी कर्मचारीहरुले बिरुवा रोपेका थिए ।

बिचभागको (ग्रीनबेल्ट) मा बृक्षारोपण सहित सडक कालोपत्रे गर्ने ठेक्का पाएको ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता बिपरीत गुणस्तरहिन सडक निर्माण गर्नुका साथै बिचभागको (ग्रीनबेल्ट)मा बृक्षारोपण नगरि अलपत्र पारेपछि पालिकाको पहलमा र सिद्धार्थ बैंकको लगानीमा बृक्षरोपण गरिएको हो । ग्रीनबेल्टको अधिकांस क्षेत्रमा यस अघि नै स्थानीयले स्वस्फुर्त विरुवा रोपेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  २ : ०१ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि