६ श्रावण २०८३, बुधबार | July 23, 2026

कर छुट लिने व्यापारी माथि छानबिन गर्न संसदीय समिति गठनको माग



काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजस्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिर्र्दै लामाले राजस्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताए ।

‘आय कर ऐनको दफा ११ अनुसार ठूला व्यापारी कसैले पनि कर तिर्नु पर्दैन । राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नै पर्दछ । आजसम्म राजश्व छुट लिने व्यापारीहरु माथि छानविन गरौं’ सांसद कार्चेनले भने, ‘राजश्व छुट कस–कसले पाएको छ ? हामीले हिम्मत गरौं, राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानविन गरी कर असुलगर्ने हो भने एक वर्षमै हुम्लामा रेल पुर्याउने पैसा आउँछ ।’

अहिले देशको अर्थतन्त्र माफियाहरुको हातमा गइसकेको उनले आरोप लगाए । उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको, जनताले पाउने विकास जम्मा ३ खर्बको । चालु आवको हिजो सम्म उठेको जम्मा राजश्व ८ खर्ब ७९ अर्ब मात्रै छ । यो देशको राजश्व जम्मा यति मात्रै हो त ? अरु राजश्व खोई ? कसले खायो ? पैसा कता जान्छ ?’

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ७ : ४४ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क