३ पुस २०८२, बिहिबार | December 18, 2025

कर छुट लिने व्यापारी माथि छानबिन गर्न संसदीय समिति गठनको माग



काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले राजस्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिर्र्दै लामाले राजस्व छुट लिने माथि छानबिन गरी कर असुल गर्ने हो भने एक वर्र्षमै हुम्लामा रेल पुराउने पैसा आउने बताए ।

‘आय कर ऐनको दफा ११ अनुसार ठूला व्यापारी कसैले पनि कर तिर्नु पर्दैन । राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नै पर्दछ । आजसम्म राजश्व छुट लिने व्यापारीहरु माथि छानविन गरौं’ सांसद कार्चेनले भने, ‘राजश्व छुट कस–कसले पाएको छ ? हामीले हिम्मत गरौं, राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानविन गरी कर असुलगर्ने हो भने एक वर्षमै हुम्लामा रेल पुर्याउने पैसा आउँछ ।’

अहिले देशको अर्थतन्त्र माफियाहरुको हातमा गइसकेको उनले आरोप लगाए । उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको, जनताले पाउने विकास जम्मा ३ खर्बको । चालु आवको हिजो सम्म उठेको जम्मा राजश्व ८ खर्ब ७९ अर्ब मात्रै छ । यो देशको राजश्व जम्मा यति मात्रै हो त ? अरु राजश्व खोई ? कसले खायो ? पैसा कता जान्छ ?’

 

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार  ७ : ४४ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका