५ पुस २०८२, शनिबार | December 20, 2025

टी-२० विश्वकप क्रीकेट : भारतले आयरल्याण्डलाई हरायो



काठमाडौं । भारतले आइसीसी टी-२० विश्वकप क्रीकेटमा आयरल्यान्डलाई पराजित गरेको छ । अमेरिकाको न्युयोर्कस्थित नसाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको हो ।

आयरल्यान्डले प्रस्तुत गरेको ९७ रनको लक्ष्य भारतले १२ दशमलव २ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ३७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ५२ रन बनाएका हुन् । त्यस्तै ऋषभ पन्तले ३६ रन जोडे ।

आयरल्यान्डका लागि मार्क आदिर र बने ह्वाइटले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटिएको थियो । आयरल्यान्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रनको योगदान दिए भने जोश लिटिलले १४, कर्टियस क्याम्परले १२ तथा लोर्कन टकरले १० रन बनाए ।

भारतका हार्दिक पाण्डेयाले तीन विकेट लिँदा अर्शदीप सिंह र जसप्रित बुमराहले समान दुई दुई विकेट लिए । त्यस्तै मोहम्मद सिराज र अक्षर पटेलले एक एक विकेट लिए ।

विश्वकपमा भारत र आयरल्यान्ड समूह ‘ए’ मा छन् । उनीहरुको समूहमा अमेरिका, क्यानडा र पाकिस्तान रहेका छन् । यसै समूहको अर्को खेल आज राति ९ः१५ बजे पाकिस्तान र अमेरिकाबीच हुनेछ । प्रतियोगिताअन्तर्गत अहिले पपुवा न्यूगिनी र युगान्डबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ४३ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन