५ पुस २०८२, शनिबार | December 20, 2025

टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा ओमान पराजित



काठमाडौं । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अष्ट्रेलियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानको पारी नौ विकेटको क्षतिमा एक सय २५ रनमा समेटियो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोनिस र डेभिड वार्नरले अर्धशतकीय पारी खेले स्टोनिसले ३६ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिए । यस्तै वार्नरले ५१ बल खेल्दै एक छक्का र ६ चौका हान्दै ५६ रन बनाए । यस्तै मिचेल मार्सले १४, ट्रभिस हेडले १२ तथा टिम डेभिडले १० रन बनाए । बलिङतर्फ ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक एक विकेट लिए ।

यसैगरी ओमानका लागि एक सय २५ रन बनाउने क्रममा आयान खानले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै मेहरान खानले २७, अकिब इलियासले १८ तथा शकील अहमदले ११ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्क र एडम जम्पाले दुई दुई विकेट लिए ।

टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेटस् (यूएई) र पाकिस्तानबीच आज राति ९ः१५ बजे खेल हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १२ : १६ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन