२० मंसिर २०८२, शनिबार | December 6, 2025

प्रभु बैंकका ग्राहकले यर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा विशेष छूट पाउने



काठमाडौ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले काठमाडौंको कमलादिस्थित हेयर एण्ड शान्तिबाट सौन्दर्य सम्बन्धि सेवा सुविधामा विशेष छूट पाउने भएका छन् ।

एक समारोहका बीच हेयर एण्ड शान्तिका तर्फबाट निर्देशक रामकुमार श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा कम्पनीका बजार व्यवस्थापकका तर्फबाट म्यानेजर दिना चित्रकार र अधिकृत आशुतोष सिंह कठायत तथा हेयर एण्ड शान्तिका तर्फबाट म्यानेजर पुजा थापाको समेत उपस्थिति थियो ।

सम्झौता अनुसार हेयर एण्ड शान्तिमा सौन्दर्य सम्बन्धि सेवा लिँदा थ्रेडिङ्ग बाहेकमा प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले १० प्रतिशत र कर्मचारीहरुले ३० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा विद्युतीय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंकको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।

कम्पनीले नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  १० : ५६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय