५ पुस २०८२, शनिबार | December 20, 2025

टी-२० विश्वकप : इङल्याण्डमाथि अस्ट्रेलिया ३६ रनले विजयी



काठमाडौं । अस्ट्रेलियाले जारी टी-२० विश्वकपमा इङल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछाएको इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि कप्तान जोस बटलरले सर्बाधिक ४२ रन बनाए भने फिल साल्टले ३७, मोइन अलीले २५ र ह्यारी ब्रूकले २० रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर एडम जाम्पा र पाट कमिन्सले २-२ विकेट लिएका थिए भने जोस हजेलवूड र मार्कस स्टोइनिसले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।  अस्ट्रेलियाका लागि डेभिड वार्नरले सर्बाधिक ३९ रन बनाएका थिए भने कप्तान मिचेल मार्शले ३५, ट्राभिस हेडले ३४, मार्कस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८ रन बनाएका थिए ।

यो जितपछि अस्ट्रेलियाले लगातार दोस्रो जित हासिल गर्दै समुह बि मा ४ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै इङल्याण्डको भने २ खेलमा एक अंक रहेको छ ।

अब अस्ट्रेलियाले अर्को खेल जुन १२ मा नामिबियासँग खेल्ने तालिका रहेको छ भने इङल्याण्डले जुन १४ मा ओमानविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ७ : ५१ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन