३१ बैशाख २०८३, बिहिबार | May 15, 2026

नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना



बाँके । बाँकेमा पानी सङ्कलन केन्द्र स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित दमकल (बारुणयन्त्र) लाई आवश्यक पर्ने पानीको स्रोत व्यवस्थापन गर्न सङ्कलन केन्द्रको स्थापना गरिएको हो ।

आगलागी नियन्त्रण लगायत आकस्मिक सेवाका लागि नगरका विभिन्न स्थानमा सहजरुपमा पानीको स्रोत सङ्कलन केन्द्र नहुँदा समस्या रहेको थियो । खानेपानी संस्थान कार्यालय अगाडि सङ्कलन केन्द्र स्थापना गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

उनले भने, “ नेपालगञ्ज उपमहानगरपालिका भए पनि यहाँका बस्ती गल्ली नै गल्लीले बनेका छन् । केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगलागी भइहाले पनि पानी भण्डारण केन्द्रको प्रयोगले इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।” दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगलागी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ ।

यो विधिमा इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका-७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताए । उनका अनुसार नेपालगञ्ज-७ मा इनारलाई संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ । अहिले नेपालगञ्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको भूमिगत पानी ट्याङ्की रहेको बारुण यन्त्र एकाइ प्रमुख झइनबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । नेपालगञ्ज सहर विकास, विस्तार र बाक्लिने क्रमसँगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

आगलागीका घटना बढ्न थालेसँगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगञ्जमा अहिलेसहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ । नेपालगञ्जको खानेपानी संस्थान कार्यालयमा चार लाख ५० हजार लिटर र कार्यालय अगाडि सुर्खेत रोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ८ : ५९ बजे

पूर्वमन्त्री पाण्डेसहित ११ जना धरौटीमा थुनामुक्त

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित

प्रतिपक्षको बहिष्कारका बीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

मन्त्रिपरिषद् हेरफेर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्।

बुटवलको कालिकानगरमा ‘डाउन टाउन चाइना’ रेष्टुरेन्ट सञ्चालन

बुटवल । पछिल्लो समय सामान्य चिया पसलदेखि स्तरीय होटल, रेष्टुरेन्ट,

कपिलवस्तुमा करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने