५ पुस २०८२, शनिबार | December 20, 2025

जारी टी-२० विश्वकपको सुपर ८ मा पुग्यो अस्ट्रेलिया



काठमाडौ । अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो ।

नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए ।

नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । जाम्पाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिएका हुन् ।

योजितपछि समुह बी मा अस्ट्रेलियाले ३ खेलमा तिनै जित हासिल गरेर ६ अंकसहित शिर्ष स्थानमा छ र अब सुपर ८ मा छनौट भइसकेको छ ।

त्यस्तै नामिबियाको भने तेस्रो खेलमा यो दोस्रो हार हो । ३ खेलमा २ अंक रहेको नामिबिया सुपर ८ को दौड बाट बाहिरिएको छ । यस समूहबार यसअघि ओमान पनि सुपर ८ को दौडबाट बाहिरिएको थियो । समुह बी मा स्कटल्याण्ड ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा छ भने ईङल्याण्ड २ खेलमा एक अंक सहित चौथो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता