१८ माघ २०८२, आइतबार | February 1, 2026

रुपन्देहीको गैडहवा गाउँपालिकाले ल्यायो ६३ करोड ३८ लाखको बजेट



गैंडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६३ करोड ३८ लाखको बजेट ल्याएको छ । शुक्रबार गैंडहवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

१४ औँ गाउँसभामा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष पौड्यालले नीति तथा कार्यक्रम पूर्वाधार तथा मानवीय विकास केन्दित भएको बताएका छन् ।

चुनावको बेला घोषणा पत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र माग अनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई महत्व दिईएको प्रस्तुत नीति तथा कार्यक्रम मार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् । पर्यटन तथा आर्थिक विकास तर्फ गैडहवा ताल सौन्दर्यीकरण तथा होम स्टे सञ्चालन गरिने भएको छ । शिक्षातर्फ शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा दिने कार्यक्रम ल्याउने भनिएको छ । पालिकालाई नमुना पालिका बनाई जनप्रतिनिधि र कर्मचारी सदैब जनमैत्री भएर सेवा गर्ने भावनालाई जागृत गरिएको छ । कृषि क्षेत्रलाई बजारीकरण, आधुनिकरण यान्त्रीकरण गरिने भएको छ । सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्ष २०८१/०८२ का लागि रु.६३ करोड ३८ लाख १८ हजारको बजेट प्रस्तुत गरेकी छन् । जसमा चालु तर्फ रु.३६ करोड ६४ लाख ६८ हजार र पुँजीगत तर्फ २६ करोड ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । विनियोजित बजेटमा गाउँपालिकाबाट रु.३७ करोड ८ लाख ४५ हजार र संघीय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागि रु.२ करोड ६० लाख व्यवस्था गरिएको छ ।

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१३ करोड ७० लाख, सर्शत अनुदान संघीय रु २३ करोड ६९ लाख ७३ हजार, मूल्य अभिवृद्धि तथा अन्त शुल्क बापत राजश्व बाँडफाँड रु.१२ करोड २० लाख तथा प्रदेश सरकारबाट वित्तिय समानिकरण रु ९५ लाख ६३ हजार, सशर्त अनुदान रु.९० लाख समपुरक अनुदान रु.७० लाख र राजश्व बाँडफाँड बापत प्रदेश सरकारबाट प्राप्त हुने आय रु.५० लाख ९४ हजार, नवप्रवद्र्धनका लागि रु.९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि रु.१ करोड ५० लाख रकम विनियोजन गरेको छ । पालिका भित्र छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण तथा सुदृढीकरणका लागि रु.२५ लाख, मृगौला प्रात्यारोपण गरेका, डाईलासिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्च वापत मासिक रु.५ हजार उपलब्ध गराउने भएको छ ।

यस्तै,चैते धान प्रवद्र्धन र खाद्यान्न बालीको उन्नतका लागि रु.१२ लाख ३० हजार विनियोजन भएको छ । सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागि रु.१ करोड ४० लाख, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालनका लागि रु.१ करोड ४२ लाख, गैडहवा गाउँपालिका वडा नं.६ मा शवदहन निर्माणका लागि रु.५० लाख विनियोजन भएको छ । पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालनका लागि बजेट व्यस्थापन भएको छ । गाउँपालिकाले विविध शीर्षकमा बजेट व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४१ बजे

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका