२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीको गैडहवा गाउँपालिकाले ल्यायो ६३ करोड ३८ लाखको बजेट



गैंडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६३ करोड ३८ लाखको बजेट ल्याएको छ । शुक्रबार गैंडहवाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो ।

१४ औँ गाउँसभामा पालिका अध्यक्ष सुरेन्द्र पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष माधुरी जैसवालले आय व्यय विवरण प्रस्तुत गरेका हुन् । गाउँपालिकाका अध्यक्ष पौड्यालले नीति तथा कार्यक्रम पूर्वाधार तथा मानवीय विकास केन्दित भएको बताएका छन् ।

चुनावको बेला घोषणा पत्रमा उल्लेख गरिएका जनताका आवश्यकता र माग अनुसार कृषि, पर्यटन, पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली लगायत आधारभूत क्षेत्रलाई महत्व दिईएको प्रस्तुत नीति तथा कार्यक्रम मार्फत अध्यक्ष पौड्यालले उल्लेख गरेका छन् । पर्यटन तथा आर्थिक विकास तर्फ गैडहवा ताल सौन्दर्यीकरण तथा होम स्टे सञ्चालन गरिने भएको छ । शिक्षातर्फ शिक्षाको गुणस्तर वृद्धि गरी पूर्वाधार विकासमा टेवा दिने कार्यक्रम ल्याउने भनिएको छ । पालिकालाई नमुना पालिका बनाई जनप्रतिनिधि र कर्मचारी सदैब जनमैत्री भएर सेवा गर्ने भावनालाई जागृत गरिएको छ । कृषि क्षेत्रलाई बजारीकरण, आधुनिकरण यान्त्रीकरण गरिने भएको छ । सुकुम्बासी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने जनाइएको छ ।

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले आगामी वर्ष २०८१/०८२ का लागि रु.६३ करोड ३८ लाख १८ हजारको बजेट प्रस्तुत गरेकी छन् । जसमा चालु तर्फ रु.३६ करोड ६४ लाख ६८ हजार र पुँजीगत तर्फ २६ करोड ७३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । विनियोजित बजेटमा गाउँपालिकाबाट रु.३७ करोड ८ लाख ४५ हजार र संघीय हस्तान्तरित कार्यक्रम सञ्चालनका लागि रु.२ करोड ६० लाख व्यवस्था गरिएको छ ।

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान रु.१३ करोड ७० लाख, सर्शत अनुदान संघीय रु २३ करोड ६९ लाख ७३ हजार, मूल्य अभिवृद्धि तथा अन्त शुल्क बापत राजश्व बाँडफाँड रु.१२ करोड २० लाख तथा प्रदेश सरकारबाट वित्तिय समानिकरण रु ९५ लाख ६३ हजार, सशर्त अनुदान रु.९० लाख समपुरक अनुदान रु.७० लाख र राजश्व बाँडफाँड बापत प्रदेश सरकारबाट प्राप्त हुने आय रु.५० लाख ९४ हजार, नवप्रवद्र्धनका लागि रु.९९ लाख ४० हजार आय हुने प्रक्षेपण गरेको छ ।

गाउँपालिकाले शैक्षिक कार्यक्रम अन्तर्गत सुर्यपुरा बहुमुखी क्याम्पसको भवन निर्माणका लागि रु.१ करोड ५० लाख रकम विनियोजन गरेको छ । पालिका भित्र छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण तथा सुदृढीकरणका लागि रु.२५ लाख, मृगौला प्रात्यारोपण गरेका, डाईलासिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई औषधी उपचारका लागि खर्च वापत मासिक रु.५ हजार उपलब्ध गराउने भएको छ ।

यस्तै,चैते धान प्रवद्र्धन र खाद्यान्न बालीको उन्नतका लागि रु.१२ लाख ३० हजार विनियोजन भएको छ । सुर्यपुरा बजारमा बाटो तथा नाली व्यवस्थापनका लागि रु.१ करोड ४० लाख, मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत गैडहवा ताल सौन्दर्यीकरण तथा होमस्टे सञ्चालनका लागि रु.१ करोड ४२ लाख, गैडहवा गाउँपालिका वडा नं.६ मा शवदहन निर्माणका लागि रु.५० लाख विनियोजन भएको छ । पालिकाहरुको साझेदारीमा खरिद गरिएका बारुण यन्त्र सञ्चालनका लागि बजेट व्यस्थापन भएको छ । गाउँपालिकाले विविध शीर्षकमा बजेट व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ८ : ४१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय