१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

प्रतिनिधिसभाको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरुमा मन्त्रालयगत छलफलमा उठेको प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीले आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्बन्धमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिने तयारी छ ।

यस्तै बजेटका सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफलमा उठेका प्रश्नहरुको विभागीय मन्त्रीहरूले जवाफ दिनेछन् ।

यस्तै, सांसदहरुले बजेट अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरुमा खर्च कटौतीको प्रस्ताव गर्ने छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ७ : ५९ बजे

इरानका सर्वोच्च नेता खामेनी इजरायल-अमेरिकी आक्रमणमा मारिएको पुष्टि

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र

इरानद्वारा होर्मुज जलमार्ग बन्द, विश्व तेल आपूर्तिमा असर पर्ने चिन्ता

तेहरान । इरानले विश्वव्यापी तेल आपूर्तिको प्रमुख समुद्री मार्ग होर्मुज

निर्वाचन आउन ४ दिन बाँकी : निर्वाचनका दिन यसरी मिलाइएको छ पासको व्यवस्था

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ,

समाजवादको सङ्कल्प बोकेर पार्टी चुनावमा होमिएको छ, जनताको साथ चाहियो : संयोजक प्रचण्ड

रोल्पा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी