५ पुस २०८२, शनिबार | December 20, 2025

इडन बोर्डिङले आयोजना गरेको खुल्ला पौडी प्रतियोगिताको उपाधि तिलोत्तमा मा.वि.का सुमन गुरुङलाई



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ नहरपुरमा रहेको ईडन ईङलिस बोर्डिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन गुरुङ प्रथम भए ।

उनले निर्धारित दुरी ३५ दशमलव ९६ सेकेण्डमा पार गरे । प्रथम भएका गुरुङले नगद १० हजार सहित मेडल प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा नयांगाउं माविका प्रवेश घले द्धितिय हुन सफल भए । उनले निर्धारित दुरी ४२ दशमलव २८ सेकेण्डमा पूरा गरेका थिए । द्धितिय बनेका घलेले ५ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न विद्यालयका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य शिवहरी भट्टराई, विद्यालयका अध्यक्ष एवं बुटवल–११ का वडा सदस्य नहकुल शाही ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि ठकुरीले पौडी प्रतियोगिताले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन मद्दत मिलेको बताए । पौडी प्रतियोगितामा सवैभन्दा बढि कसरत हुने भएकाले यसलाई निरन्तरता दिन सके विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य स्वच्छ हुने बताए ।

विद्यालयका प्राचार्य भट्टराईले विद्यालयले बार्षिक कार्य योजना अनुसार प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगिताले छिमेकी विद्यालयहरु प्रति भाईचार र सद्भाव कायम हुनुका साथै विद्यार्थीको क्षमता बाहिर ल्याउन मद्दत मिलेको बताऐ । उनले आगामी बर्ष अझै व्यवस्थित रुपमा प्रतियोगितालाई अगाडि बढाउने बताए ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : ३७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता