५ चैत्र २०८२, बिहिबार | March 19, 2026

इडन बोर्डिङले आयोजना गरेको खुल्ला पौडी प्रतियोगिताको उपाधि तिलोत्तमा मा.वि.का सुमन गुरुङलाई



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-११ नहरपुरमा रहेको ईडन ईङलिस बोर्डिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन गुरुङ प्रथम भए ।

उनले निर्धारित दुरी ३५ दशमलव ९६ सेकेण्डमा पार गरे । प्रथम भएका गुरुङले नगद १० हजार सहित मेडल प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा नयांगाउं माविका प्रवेश घले द्धितिय हुन सफल भए । उनले निर्धारित दुरी ४२ दशमलव २८ सेकेण्डमा पूरा गरेका थिए । द्धितिय बनेका घलेले ५ हजार र मेडल प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न विद्यालयका १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । विजयी विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य शिवहरी भट्टराई, विद्यालयका अध्यक्ष एवं बुटवल–११ का वडा सदस्य नहकुल शाही ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि ठकुरीले पौडी प्रतियोगिताले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन मद्दत मिलेको बताए । पौडी प्रतियोगितामा सवैभन्दा बढि कसरत हुने भएकाले यसलाई निरन्तरता दिन सके विद्यार्थीहरुको शारीरिक र मानसिक स्वास्थ्य स्वच्छ हुने बताए ।

विद्यालयका प्राचार्य भट्टराईले विद्यालयले बार्षिक कार्य योजना अनुसार प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगिताले छिमेकी विद्यालयहरु प्रति भाईचार र सद्भाव कायम हुनुका साथै विद्यार्थीको क्षमता बाहिर ल्याउन मद्दत मिलेको बताऐ । उनले आगामी बर्ष अझै व्यवस्थित रुपमा प्रतियोगितालाई अगाडि बढाउने बताए ।

 

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ३ : ३७ बजे

बुटवलमा चैत्र ७ गते नेपाली राजनितीको परिदृष्य बारे बहस हुँदै

बुटवल । चिन्तन अभियान नेपाल रुपन्देहीले नेपाली राजनितीको परिदृष्य बारे

बुटवलमा ‘मिष्टर रामापिथेकस’ शारीरिक सुगठन प्रतियोगिता हुँदै

बुटवल । बुटवलमा ‘मिष्टर रामापिथेकस’ राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला

कैलालीमा श्रीमतीको गोली हानी हत्या, श्रीमान् घाइते

धनगढी । कैलाली मा एक युवकले आफ्नै श्रीमतीको गोली हानी

‘पार्स ग्याँस फिल्ड’मा आक्रमणपछि इरानको जवाफी हमला, कतारको ठूलो पेट्रोलियम प्लान्टमा क्षति

विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रसँग जोडिएको इरानको साउथ पार्समा

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

दाङ । यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन