३ मंसिर २०८३, बिहिबार | November 19, 2026

कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते



कास्की । अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् ।

कास्कीको मादी गाउँपालिका-५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।

यसैगरी गए राति नै पोखरा महानगरपालिका-२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको कच्ची घर पहिरोले भत्किँदा उनका तीन वर्षीय छोरा अनमोलको मृत्यु भएको छ । उक्त घटनामा सुनारकी श्रीमती २७ वर्षीया रितु घाइते भएकी प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनका नौ वर्षीया छोरी अञ्जलीको सकुशल उद्धार गरिएको छ । पोखरामा गए रातिदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ३४ बजे

Your email address will not be published.

सुरक्षण मुद्रण केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड पाँच लाख सहयोग

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको सुरक्षण मुद्रण केन्द्रले

चालु आवको तीन महिना : मुद्रास्फीति ६.३७ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा

काठमाडौं । श्रीलंकाली खेलाडी थरिन्दु रत्नायकेको अलराउन्ड प्रदर्शनको मद्दतमा चितवन

मालानको अर्धशतकमा चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । डाविड मालानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक बनाएपछि चितवन

एमालेको राष्ट्रिय भेला सम्पन्न : २१ बुँदे विशेष प्रस्ताव र सङ्कल्प पारित

काठमाडौँ । नेकपा (एमाले)को आज सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलाले लोकतन्त्रको