११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर



काठमाडौं । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराउने भनिएका राजकुमार तिमल्सिनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दायर गरेको हो ।

उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो  । सिधा कुराले गत महिना अनलाइन र युट्यूब च्यानलको ‘द डार्क फाइल’ भन्दै एउटा भिडियो सार्वजनिक गरेको थियो ।

सिधा कुरा डटकमले स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा डिल भएको भन्दै समाचार प्रकाशित गरेको थियो। त्यसमा डिल भएको भनिएको बैठकको अडियो भन्दै सामग्री राखिएको थियो ।

सिधाकुराले सो भिडियोमा कान्तिपुरका मालिका कैलाश सिरोहिया, अन्नपूर्ण पोष्टका मालिक क्याप्टेन रामेश्वर थापासहितको नाम जोडेर भिडियो सामाग्री तयार गरेको थियो । सोको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेकामा सर्वोच्चले तत्काल भिडियो हटाउन आदेश दिएको छ भने यसको फैसला वृतत्तपूर्ण इजलासले गर्ने आदेश दिएको छ । हाल यो विषयको मुद्धा सर्वोच्चमा विचाराधीन छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : २१ बजे

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम

चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो शुरु

बुटवल । चौँथो जिल्लास्तरीय मेयर कप खुला तेक्वाण्डो प्रतियोगिता २०८३