३ असार २०८३, बुधबार | June 17, 2026

राजनीतिक स्थायित्वको लागि एमालेसँग सहमति गर्यौं- कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर एमालेसँग सहमति भएको बताएका छन् ।

कांग्रेसको पदाधिकारी बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाश शरण महतले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग  सहमति गरेको बताएका छन् ।

उनले संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको बताए । उनले कांग्रेसले सरकार बनाउने विषयमा मात्र नभएर राजनीतिक स्थायित्वका लागि सहमति गरेको दाबी गरेका छन् ।

उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् ।

प्रवक्ता महतले गएराती सभापति देउवा र एमाले अध्यक्ष ओली राष्ट्रपतिलाई भेट्न गएको भन्ने समाचार गलत भएको बताए ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ४७ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ