९ पुस २०८२, बुधबार | December 24, 2025

उत्तर प्रदेशको हाथरसमा सत्संगमा भागदौड हुँदा १२० जनाभन्दा बढीको मृत्यु



काठमाडौँ । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२० भक्तजनको मृत्यु भएको छ ।

भारतीय मिडियाहरुले भागदौडमा १२० जनाभन्दा बढीको मृत्यु भएको र कयौं घाइते भएको उल्लेख गरेका छन् ।

हाथरसका डीएम आशिष कुमारले सय जना भन्दा बढीको मृत्यु भएको र मृतकको यकिन संख्या अझै भन्न नसकिने जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

घटनाको छानबिन गर्न उच्च अधिकारीहरूको एक छानबिन समिति गठन गरिएको बताइएको छ ।

उत्तर प्रदेश मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा हाथरसमा दुर्घटनामा मारिएकाहरूका शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको शल्यक्रिया र उचित उपचारका लागि निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : १७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना