२ असार २०८३, मंगलबार | June 17, 2026

निशा डाँगी भन्छिन्- महामन्त्रीलाई कारवाही गर्ने निर्णयमा मेरो पनि हस्ताक्षर छ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकाललाई कारवाही गर्ने निर्णय सर्वसम्मत भएको स्पष्ट गरेकी छन् ।

डाँगीले समाचारमा आएको जस्तो ५२ मध्ये आफु मात्र कारवाहीको विपक्षमा रहेको भन्ने कुरा गलत रहेको बताएकी छन् ।

उनले केन्द्रीय समितिको निर्णय सर्वसम्मत भएको र त्यसमा आफुले पनि हस्ताक्षर गरेको बताएकी छन् । उनले भ्रामक र तथ्यहीन समाचारमा कुनै सत्यता नरहेको भन्दै खण्डन गरेकी छन् ।

यस अघि रास्वपाका सहप्रवक्ता मनिष झाले पत्रकार ब्रिफिङमा  डाँगी बाहेक सबै ५१ केन्द्रीय सदस्यले महामन्त्रीलाई कारवाही गर्नुपर्ने बताएको जानकारी दिएका थिए ।

बुधबार रातिसम्म बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले महामन्त्री ढकाललाई ७ दिनको लागि महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट निलम्बन गरेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  २ : ०४ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ