२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

एमाले अध्यक्ष ओलीले एसइई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने



बुटवल । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईमा मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन गर्ने भएका छन् । अध्यक्ष ओलीले सबै विद्यार्थीलाई अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दै दक्ष र अनुभवी शिक्षकबाट निःशुल्क रुपमा आफूले कक्षा सञ्चालनको व्यवस्था गरेको जानकारी गराए ।

एसइई परीक्षमा उत्तीर्ण विद्यालाई सम्मान गर्न बिहिबार बुटवलमा आयोजित कार्यक्रमा बोल्दै उनले आत्म विश्वासका साथ तयारी गरेर मौका परीक्षामा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । अध्यक्ष ओलीको आफ्नै फेसबुकमा गएर सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको हो ।

अनलाइन कक्षामा गणित, विज्ञान, सामाजिक शिक्षा, ऐच्छिक गणित र लेखा विषयका दक्ष शिक्षकहरुबाट अध्यापन गराइने जानकारी गराए । अध्यक्ष ओलीले आफ्नो फेसबुक वा ९८४१८९७६१३ नम्बरमा फोन गरेर आवश्यक जानकारी लिन विद्यार्थीलाई आग्रह गरेका छन् ।

अनेरास्ववियू रुपन्देहीले जिल्लामा ४ जीपीए ल्याउने २ जना विद्यार्थीसहित ३ दशमलव ६ जीपीय ल्याउने १०२८ विद्यार्थीलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै एमाले अध्यक्ष ओलीले आगामी शैक्षिक यात्रा छनोट गर्दा आफूले चाहेको र आफ्नो क्षमता अनुसार अघि बढ्न आग्रह गरे । हरेक मानिसमा फरक फरक क्षमता हुने बताउँदै उनले आफ्नो क्षमता पहिचान गरेर अघि बढ्नु पर्ने विद्यार्थीहरुलाई सुझाव दिए । आफ्नो लक्ष्य प्राप्तिका लागि सधै इमान्दार भएर लाग्न आग्रह गर्दै अध्यक्ष ओलीले जीवनमा कहिल्यई पनि घमण्ड गर्न नहुने सुझाब दिए । घमण्डले ज्ञान हासिल गर्ने कुरा वा सफलतालाई छेकेर राख्ने उल्लेख गरे ।

 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : ०३ बजे

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु

राप्रपाको ‘नो इन्ट्री’ निर्णयले बागमतीको सत्ता समीकरण थप पेचिलो

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे