२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ः१५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालयमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्” भन्ने प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १० : २५ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा