६ पुस २०८२, आइतबार | December 21, 2025

युरोकपको क्वाटरफाइनलमा आजराती पोर्चुगल र फ्रान्स भिड्दै



काठमाडौं । जारी युरोकपको क्वाटरफाइनलमा आज राति पोर्चुगल र फ्रान्सबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुने छ ।

पोर्चुगलले राउण्ड १६ को खेलमा स्लोभेनियालाई पेनाल्टी सुट आउटमा ३-० गोलले विजयी हुदै क्वाटरफाइनलमा पुगेको हो ।  त्यस्तै फ्रान्सले भने राउण्ड १६ मा बेल्जियमलाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

२०१६ को फाइनलमा खेलेका पोर्चुगल र फ्रान्सबीच यस युरोकपको क्वाटरफाइनलमा नै भेट भएपछि यो खेल रोमान्चक हुने भएको छ ।

पोर्चुगलले अहिलेसम्म एक पटक २०१६ मा युरोकपको उपाधि जितेको छ । त्यस्तै पोर्चुगल त्यसअघि २००४ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो ।

अहिलेसम्म पोर्चुगल र फ्रान्सबीच कुल २८ खेल भएका छन् । जसमा पोर्चुगलले ६ खेल जितेको छ भने फ्रान्सले १९ खेलमा जित हासिल गरेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।

यस खेलमा आफ्नो अन्तिम युरोकप खेलिरहेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो प्रमुख आकर्षण हुने छन् । पछिल्लो खेलमा स्लोभेनियाविरुद्धको खेलमा पेनाल्टी मिस गरेपछि भावुक भएर मैदानमै रोएका रोनाल्डो यस खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्ने अवसर रहेको छ । त्यस्तै यस प्रतियोगितामा खासै प्रभाव देखाउन नसकेका फ्रान्सका किलीयन एम्बाप्पेका लागि पनि आफ्नो क्षमता देखाएर आफ्नो देशलाई सेमिफाइनलमा पुर्याउने अवसर रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १ : २३ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम