४ पुस २०८२, शुक्रबार | December 19, 2025

साइकल चढेर बिदा भए नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री



काठमाडौँ । नेदरल्याण्ड्सका निवर्तमान प्रधानमन्त्री मार्क रुटे यतिबेला चर्चामा छन् । निवर्तमान प्रधानमन्त्री रुटले हेगस्थित आफ्नो कार्यालयबाट अनौठो तरिकाले साइकल चढेर प्रधानमन्त्री कार्यालयबाट बिदा भएको विषय अहिले मिडिया र सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

१४ वर्षको कार्यकालपछि रुटले पूर्व गुप्तचर प्रमुख डिक शूफलाई प्रधानमन्त्रीको कार्यभार सुम्पेर साइकल चढेर बिदा भएका थिए । राजा विलेम(अलेक्जेन्डरको अध्यक्षतामा आयोजित समारोहमा शूफले प्रधानमन्त्रीको रूपमा शपथ लिएका थिए । रुटेले अब नेटोको नयाँ महासचिवको जिम्मेवारी सम्हाल्नेछन् ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरलको भिडियोमा, रुट साइकल चढेर अफिसबाट निस्किँदै गरेको देखिन्छ, जबकि उनका कर्मचारीहरूले उनलाई हल्लाउँदै बिदाई गरेका छन् । रुटे प्रधानमन्त्री कार्यालयबाट साइकलमा घर जाँदै गर्दा त्यहाँ उपस्थित सञ्चारकर्मीले उनको फोटो र भिडियो खिचिरहेका थिए ।

करिब डेढ दशक नेदरल्याण्डको नेतृत्व गरेपछि रुटेले अब आफ्नो अनुभव ब्रसेल्समा लैजानेछन्, जहाँ उनले यस वर्षको अन्त्यमा नाटोको नयाँ महासचिवको पदभार ग्रहण गर्नेछन् । उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० ले गत महिना मार्क रुटलाई यसको अर्को महासचिव नियुक्त गरेको थियो । युक्रेनमा युद्ध बढ्दै गएपछि युरोपेली सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण समयमा उनले विश्वको सबैभन्दा ठूलो सैन्य सुरक्षा संगठनको जिम्मेवारी सम्हाल्नेछन् ।

ब्रसेल्समा ३२ सदस्यीय गठबन्धनको मुख्यालयमा भएको बैठकमा नाटोका राजदूतहरूले रुटेको नियुक्तिलाई अन्तिम स्वीकृति दिएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका समकक्षी नेताहरूले जुलाई ९ देखि ११ सम्म वाशिंगटनमा शिखर सम्मेलनमा उनलाई औपचारिक स्वागत गर्नेछन् । नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्रीले अक्टोबर १ मा नर्वेका वर्तमान महासचिव जेन्स स्टोल्टनबर्गको स्थान लिनेछन् । स्टोल्टनबर्ग एक दशकभन्दा बढी समयसम्म नाटोको महासचिव पदमा थिए । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि उनको कार्यकाल थपिएको थियो ।

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १० : १३ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह