२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्य सम्बन्धि कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ /०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।

त्यस्तै प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथी सदनमा पुनर्विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ७ : ३७ बजे

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी । बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर । सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण