१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

कृषि प्राविधिकको धर्ना जारी



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका तीन सय ७८ कर्मचारीले दश दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् ।

कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार सङ्घमा समायोजन भएका एक हजार तीन सय ३९ कर्मचारीमध्ये तीन सय ७८ कृषि प्राविधिकको कार्यालय र पद अहिले नभएको भन्दै कर्मचारी १० दिनदेखि धर्नामा बसेका हुन् जसका कारण कर्मचारीको २० वर्षदेखि बढुवा पनि हुन नसकेको कृषि प्राविधिक कर्मचारीको आन्दोलन सङ्घर्ष समितिका सदस्य तोयनाथ जोशीले जानकारी दिए ।

कृषि प्राविधिकमा बाली संरक्षण, बाली विकास, कृषि अर्थ, माटो, कृषि प्रसार, कृषि इन्जिनियरिङ, बागवानी, खाद्य समूहका कर्मचारी गरी तीन सय ७८ को कार्यालय र पद हराएर धर्नामा बस्नुपरेको उनले सुनाए । तीन सय ७८ मध्ये ५० जना पशु विकासतर्फका कर्मचारी रहेका छन् ।

कृषि मन्त्रालयका कर्मचारीको बढुवाका लागि विसं २०७६ देखि लोकसेवा खुलेको छैन । मन्त्रालयमा उपसचिवको सङ्ख्यामा कमी आएको समितिका संयोजक माधव पौडेलले बताए । सामान्य प्रशासनतर्फका कर्मचारी थप गर्नुपर्दा रातारात थपिने तर भएका कृषि प्राविधिकलाई समस्यामा पार्न खोजिएको भन्दै समितिले धर्नालाई निरन्तरता दिएको हो । -रासस

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  २ : ५९ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको