२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य वृद्धि



काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।

डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।

देशमा नयाँ सरकार बनेको र प्रधानमन्त्री केपी ओली सहित मन्त्रीहरुले सपथ खाएकै दिन निगमले मुल्य बृद्धि गरेको छ । निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार  १० : ०९ बजे

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने