२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

सिमलताल बस दुर्घटना : अहिलेसम्म १८ जनाको शव भेटियो, ९ जनाको सनाखत



चितवन । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका १८ जनाको शव फेला परेको छ ।

चितवन प्रहरीका अनुसार अहिले नारायणी नदी किनारमा शव भेटिने क्रम जारी रहेको छ । अहिलेसम्म शवहरु घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेजसम्म पुगेको पाइएको छ ।

अहिलेसम्म १८ जनाको शव फेला परेकोमा ९ जनाको मात्र सनाखत भएको छ । सनाखत भएका तीन यात्रू भारतीय रहेको र ६ जना नेपाली नागरिक रहेको खुलेको छ ।

जसमा त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला परेको हो । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार, दुई जनाको शवको सनाखत मंगलबार उनीहरुका परिवारले गरेका हुन् ।

त्रिशुली नदीमा बससँगै बेपत्ता रहेका अझै ४४ यात्रुको अवस्था अज्ञात रहेको छ भने दुवै बस अहिलेसम्म भेटिएका छैन । नेपाली सेना, सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशुली नदीमा बस खोज्ने क्रम जारी राखेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३-०११ ख २५९५ नम्बरको गणपति डिलक्स बस गत असार २८ गते बिहान त्रिशूली नदीमा बेपत्ता भएका थिए । ती बसमा ६५ यात्रु सवार रहेकोमा तीन जनाले ज्यान बचाउन सफल भएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : २७ बजे

कर्णाली डेभलपमेन्ट बैंक डुबाउने प्रमुख कार्यकारी अधिकृत शाह सहित ३ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक घोटालामा

रास्वपा सांसद रमेश प्रसाईंको प्रश्न – प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यास अभाव छ कि छैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले देशभर

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता

ढल्केबर ट्रमा सेन्टरको योजना सारिएको भन्दै कांग्रेस सांसदको मौन विरोध

काठमाडौं । धनुषाको ढल्केबरमा निर्माण प्रस्ताव गरिएको ट्रमा सेन्टरको योजना