२३ श्रावण २०८३, शनिबार | August 8, 2026

ओली सरकार विगतका सरकारको निरन्तरता मात्र : लिङदेन



काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै लिङ्देनले ओली नेतृत्वको सरकार विगतको निरन्तरता मात्रै भएका कारण विश्वासको मत दिन आवश्यक नभएको बताएका हुन् ।

उनले विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको बताए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ लिङ्देनले भने ।

उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै दलहरुलाई प्रश्न समेत गरे । ‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्‍यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ? तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : १३ बजे

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

नवलपरासी । पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध

मधेश केन्द्रीत ७ दलहरुको अगुवाईमा ‘अग्रगामी मोर्चा’ को घोषणा, जनार्दन शर्माको प्रलोपा सामेल

काठमाडौं। तराई मधेश केन्द्रित साना दलसहित ७ दलले अग्रगामी मोर्चाको

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै