१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सौर्य एअरलाइन्स विमान दुर्घटना अपडेट : केहीको शव निकालियो, पाइलटलाई अस्पताल लगियो (फोटो फिचरसहित)



काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । सौर्य एअरलाइन्सको ९ एन एएमई कलसाइनको उक्त जहाज दुर्घटनापछि अहिले उद्धार जारी छ ।

प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले केहीको शव निकालिसकेका छन् । एकिन विवरण भने आइसकेको छैन । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानका चालकलाई भने घाइते अवस्थामा उद्धार गरिएको र उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको थिए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ०८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा