२२ चैत्र २०८२, आइतबार | April 6, 2026

उड्ने बित्तिकै दाहिनेतिर मोडिएर विमान दुर्घटना : नागरिक उड्डयन प्राधिकरण



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।

बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिएर रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको उल्लेख गरेको छ ।

विमानमा पाइलट मनिष रत्न शाक्य र को-पाइलट एस कटवाल रहेका थिए । पाइलट मनिषको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी जहाजमा अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अस्बिन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा ,अधिराज शर्मा, उद्वव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पून्यरत्न शाही र अर्का विदेशी नागरिक आरेफ रेडा सवार रहेका थिए ।

उनीहरु सबैजना एयरलाइन्सका प्राविधिक कर्मचारी भएको बुझिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १ : ५४ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको