२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न मानव अधिकार आयोगको निर्देशन



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुनेगरी सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन निर्देशन गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा राज्यका महत्वपूर्ण संवैधानिक पदमा विवादमा आएका व्यक्तिलाई नियुक्ति नगर्न नेपाल सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन गरिएको उल्लेख छ ।

आयोगले नेपाल सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहबाट कार्यपालिका, संवैधानिक निकाय तथा विभिन्न सार्वजनिक निकायका उच्चपदमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रुपमा विवादित व्यक्तिलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी आयोगलाई प्राप्त भएको जनाएको छ ।

राज्यका निकायमा नियुक्ति हुने व्यक्तिहरु सामाजिक रुपमा स्वच्छ छवि भएको, विवादरहित, उच्च नैतिक चरित्र भएको र कानुनी रुपमा फौजदारी अभियोगमा सजायन भएको हुनुपर्दछ भन्ने लोकतन्त्रको आधारभूत मान्यता, सभ्य समाजको अपेक्षा र सार्वजनिक सरोकारको विषय हो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ४९ बजे

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ

करका दर हेरफेर आर्थिक अपराध हो, संसदीय छानबिन हुनुपर्छ : वर्षमान पुन

काठमाडौं । करका दर हेरफेर प्रकरणलाई लिएर विपक्षी दलहरूले शुक्रबार

तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ