२९ असार २०८३, सोमबार | July 13, 2026

बागमतीका मुख्यमन्त्री लामाले १५ गते विश्वासको मत लिने



काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।

कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस-एमाले एकठाउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।

बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  २ : ०० बजे

बिभिन्न सुरक्षा चेकपोइन्ट पार गर्दै पोखरा पुगेका लागुऔषध कारोबारेहरु पोखराबाट पक्राउ

पोखरा । लागुऔषधसहित पाँचजना भारतीय नागरिक पक्राउ परेका छन्। कास्की

अष्ट्रेलियामा सबै अन्तरराष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू गरिने

क्यानबेरा । अष्ट्रेलिया सरकारले आगामी १२ देखि १८ महिनाभित्र सबै

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको