१२ बैशाख २०८३, शनिबार | April 25, 2026

प्रतिनिधिसभा : दुर्घटना बढेकामा सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पछिल्लो समय हवाई र सडक दुर्घटना बढेकामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनीहरुले हवाईजहाज र बस दुर्घटना बढ्दै गएकामा सम्बन्धित निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने धारणा राखेका हुन् ।

यही साउन ९ गते सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको तथा पहिरोले दुई बस बगाउँदा त्रिशूली नदीमा दुई हप्ताभन्दा बढी समय भइसक्दासमेत अझै ३७ यात्रु नभेटिएको घटनाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । मुलुकका विभिन्न स्थानमा बाढी र पहिरोका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएको र यातायात सञ्चालनमा समस्या भएको विषय पनि उनीहरुले उठाएका छन् ।

सांसद राजेन्द्र बजगाईंले पछिल्लो दुई वर्षमा मात्र सातवटा हवाई दुर्घटना भएकामा चिन्ता व्यक्त गरे। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले नेपालको हवाईसेवामा नियामकीय र सेवा कार्य छुट्याउनुपर्ने माग गर्दैआएकामा त्यसो हुन नसकेको उनको भनाइ थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिकाबारे समेत सांसद बजगाईंले प्रश्न उठाए। नेपालको हवाईसेवा युरोपमा कालोसूचीमा रहेको विषय पनि उनले उठाए ।

सांसद सुनिता बरालले नेपालको हवाई सुरक्षामा जोखिम बढ्दै गएको विषय उठाए। एकपछि अर्को हवाई दुर्घटना हुँदा त्यसले पर्यटन क्षेत्रमा गम्भीर असर पार्ने उनको भनाइ थियो । नेपालले पर्यटन क्षेत्रमार्फत आर्थिक समृद्धिको परिकल्पना गरिरहेको बेला हवाई क्षेत्र असुरक्षित बन्दै जाँदा त्यसले नराम्रो सन्देश गइरहेको उनले बताए। सौर्य एयरलाइन्सको ब्ल्याकबक्सको विश्लेषणबाट दुर्घटना प्राविधिक कारणले भएको हो वा क्याप्टेनका कारण हो भन्ने थाहा हुने भएकाले जाँचबुझ समितिले त्यसलाई गम्भीर भएर हेर्नुपर्ने सांसद बरालले बताए ।

सांसद पूर्णबहादुर घर्तीले सौर्य एयरलाइन्सको जहाज दुर्घटना कसको कमजोरीका कारण भएको हो भन्नेबारे निष्पक्ष छानबिन गरिनुपर्ने बताए । देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालनमा कठिनाइ भइरहेको विषय पनि उनले संसद्मा उठाए ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज मर्मतसम्भारको सेवा काठमाडौँबाट दिन सकिन्थ्यो वा सकिन्थेन भन्ने प्रश्न गरे । गैरप्राविधिक र ठूलो सङ्ख्यामा कर्मचारी बोकेर उडेको उक्त विमानमा नियामक निकायले को–को जाँदैछन् भनेर समेत जानकारी नराखेकाबारे प्रश्न गरे।

सांसद सञ्जयकुमार गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङ्गर अभावका कारण जहाज मर्मतसम्भारका लागि पोखरा लैजानुपर्ने अवस्था आएको र सो क्रममा दुर्घटना भएको विषयमा सत्यता रहे–नरहेकोबारे प्रश्न गरे । नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयक संसद्मा ल्याइनुपर्ने उनले माग गरे ।

सांसद महिन्द्रराय यादवले पूर्वराज्यमन्त्री रामचन्द्र रायको रहस्यमय ढङ्गले हत्या भएको विषय संसद्मा उठाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने माग गरे । साथै नेपाली आकाश हवाई यातायातका लागि असुरक्षित हुँदै गएकाप्रति चिन्ता व्यक्त गरे ।

सांसद सर्वेन्द्रनाथ शुक्लले सौर्य एयरलाइन्सको जहाज दुर्घटना र दुईवटा बस त्रिशूली नदीमा हराइरहेको विषय संसद्मा उठाए । लामो समयदेखि ग्राउन्डेड जहाज प्राविधिक रुपमा ठीक छ वा छैन भन्ने जाँच नगरीकन उडान अनुमति दिनु गम्भीर गल्ती भएको उनको भनाइ थियो ।

सांसद पूर्णबहादुर तामाङले सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेर तीनजनाको मृत्यु भएको र मृतकका परिवारलाई राहतका लागि सरकारसँग माग गरे । जथाभावी सडक बनाउँदा वर्खायाम लागेपछि समस्या पर्ने र हिउँदमा फेरि वास्ता नगर्ने परिपाटी रहेको बताए ।

सांसद गणेश पराजुलीले नेपाल विद्युत् प्राधिकरणको हाइभोल्टेज तार व्यवस्थापन गर्न नसक्दा नागरिकले ज्यान गुमाउने गरेका तथा ढल र खानेपानीका पाइप व्यवस्थापन हुन नसक्दा सडक असुरक्षित बन्दै गएको विषय उठाए । त्यस्तै, नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपीलाई पक्राउ गर्ने प्रहरी अधिकारीलाई सरकारले सरुवा गरेको उनको आरोप थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ३ : ३५ बजे

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक