१८ माघ २०८२, आइतबार | February 1, 2026

सहकारी छानबिन संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै



काठमाडौँ । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा समितिको बैठक अहिले जारी रहेको छ ।

जेठ १५ गते प्रतिनिधि सभाले गठन गरेको समितिले सहकारी क्षेत्रमा भएका हिनामिनाको अध्ययन गर्दै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ ।

तीन महिनाको कार्यादेश पाएको समितिको दुई महिनाको समय बितेको छ ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम गठन भएको समितिमा एमाले सांसद सुर्यबहादुर थापा सभापति रहेका छन् भने कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेसदस्यमा सरिता भुसाल माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ११ : ३६ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३