१७ माघ २०८२, शनिबार | January 31, 2026

केन्द्र सरकारले राजीनामाको मौकासमेत दिएन : प्रदेश प्रमुख शेरचन



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केन्द्र सरकारले प्रदेश प्रमुखको गरिमा राख्न नसकेको प्रतिक्रिया दिएका छन् । सरकारले प्रदेश प्रमुखबाट हटाउने सिफारिस गरेपछि आज (मंगलबार) बुटवलमा पत्रकार सम्मेलन गर्दै शेरचनले प्रदेश प्रमुखको सम्मान नभएको भन्दै गुनासो गरेका हुन् ।

शेरचनले प्रदेश प्रमुखबाट संविधानको उल्लंघन वा विधि मिचेको अवस्थामा बाहेक कुनै कारण विना प्रदेश प्रमुखलाई पदमुक्त गर्ने कुरा गलत भएको बताए । उनले विगतको सरकारको पालाबाटै गलत अभ्यास भइरहेको उल्लेख गरे । ‘संविधानको उल्लंघन वा प्रदेश प्रमुखले विधि मिचेको भए पो पदमुक्त गराउने हो’ उनले भने, ‘विना कारण पदमुक्त गर्ने निर्णय अब सच्याउनुपर्छ ।’ उनले आफुलाई केन्द्र सरकारले राजीनामाको मौकासमेत नदिएको गुनासो गरे ।

उनले प्रदेशको सरकार गठनमा प्रदेश नै निर्णायक हुनुपर्नेमा त्यस्तो हुन नसकेको टिप्पणी गरे । केन्द्रमा समीकरण फेरिएपनि प्रदेशको आफ्नै छुट्टै अस्तित्व र परिवेश हुनुपर्ने उनको भनाई छ । प्रदेशको मन्त्री पनि केन्द्रले टुङ्ग्याउने परिपाटी गलत भएको उनले बताए ।

उनले कांग्रेस र एमालेमा समानुपातिक व्यवस्थाप्रति गलत धारणा रहेको आरोप लगाए ।  ‘२०५१ सालमा नेपाली कांग्रेसको बहुमतको सरकारको पालामा पनि अस्थिरता थियो । त्यतिबेला समानुपातिक व्यवस्था थिएन । त्यसैले समानुपातिक व्यवस्थाका विषयमा गम्भीर भएर सोच्नुपर्छ,’ शेरचनले भने ।

सोमबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशमा शेरचनलाई पदमुक्त गर्दै कृष्णबहादुर घर्तीमगरलाई प्रदेश प्रमुखका नियुक्त गर्ने निर्णय गरेको थियो ।

शेरचनले आफ्नो तीनवर्षे लुम्बिनी बसाइ निकै सौहार्दपूर्ण रहेको बताए । उनले ३ वर्षको अवधिमा १५ वटा विधेयक प्रमाणीकरण गरेको जानकारी दिए । निजामती र प्रहरी ऐन प्रमाणीकरण गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुशीको क्षण रहेको उनले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : ४५ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक