७ आश्विन २०८३, बुधबार | September 23, 2026

लोकतन्त्रमा कसैका चाहनाले मुद्दा चल्दैन : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ुसुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताु विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भन्या के हो ?  मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?, रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ ।’, उनेल भने, ‘कुनै मुद्दा चलेको छ भने छटुन् पनि कानून बमोजिम छुट्छ । भन्ने मेरो आधारभुत मान्यता हो ।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवतदा व्यक्त गर्दछु ‘, उनले भने, ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।

‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले काँही सामान्यतया अवधी तोकेको हुन्छ । तर कहिले काही अवधी भन्दा पहिले पनि हुन्छ ।’, मन्त्री लेखकले भने,  ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’ उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहिबार  २ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११