१४ पुस २०८२, सोमबार | December 29, 2025

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

१० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ ।   बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । ३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् । जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १० : ०६ बजे

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची

रास्वपा-बालेन सहमति केन्द्रीय समितिबाट अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

बुटवलमा ‘बाआमासँग नगर प्रमुख’ स्वास्थ्य शिविरप्रति नागरिकको उत्साह, प्रतिकूल मौसममा पनि उल्लेख्य सहभागिता

बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित ‘बाआमासँग नगर प्रमुख’ निःशुल्क स्वास्थ्य