११ माघ २०८२, आइतबार | January 25, 2026

लाटभियन नागरिकले खेलौनामा लुकाएर ल्याएका थिए छ किलो कोकिन



काठमाडौँ । छ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी छ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौं आएको अनुसन्धानका क्रममा पाइएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

विमानस्थलस्थलमा खटिएको ब्यूरोको टोलीले साधरण जाँचका क्रममा शङ्का लागेपछि उनको सुटकेट तलासी लिएको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब रु २१ करोड आठ लाख पर्ने प्रहरीको अनुमान छ । उनीमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लागुऔषध अपराधमा सङ्गठित गिरोह लागेको प्रहरी वरिठ उपरीक्षक आचार्य बताउँछन् । नेपाल हुँदै भारत लैजाने उद्देश्यका साथ उक्त कोकिन काठमाडौँ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । “यसअघि ब्राजिल र अफ्रिकी मुलुकबाट कोकिन ल्याएको भेटिन्थ्यो, त्यतिबेला बढी मात्रामा कोकिनको क्याप्सुल खाएर आउथे”, उनले भने, “तर अहिले युरोपेली मुलुक लाटभिया, फ्रान्स र कतारको दोहा हुँदै नेपाल ल्याएको अवस्था हो ।”

प्रारम्भिक अनुसन्धानबाट दोहा विमानस्थलबाट कोकिन बोकेर आएको हुनसक्ने देखिएको छ । लागुऔषध कारोबारीले पछिल्ला समय नेपाललाई अवैध लागुऔषध ओसारपसारको ‘ट्रान्जिट’ बनाउन खोजेको विभिन्न घटनाले देखाउँछ । यसअघि प्रहरीले गत असार ३० गते ठमेलस्थित एक होटलबाट पाँच किलो ८२० ग्राम कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : १४ बजे

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

जनकपुरमा गर्ने भनिएको कांग्रेसको मधेशसभा स्थगित

काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्ने भनिएको