८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

लाटभियन नागरिकले खेलौनामा लुकाएर ल्याएका थिए छ किलो कोकिन



काठमाडौँ । छ किलो बढी अवैध लागुऔषध कोकिनसहित पक्राउ परेका लाटभियाका नागरिकले खेलौनाभित्र लुकाएर कोकिन ल्याएको पाइएको छ । हातमा बोक्ने सुटकेसभित्र तीनवटा खेलौनामा राखेर दुई सय ९२ क्याप्सुल कोकिन ल्याएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी छ किलो २४ ग्राम कोकिनसहित उनलाई सार्वजनिक गरेको छ । उनी लाटभियाबाट फ्रान्स हुँदै कतारको दोहाबाट कतार एयरको उडानमार्फत काठमाडौं आएको अनुसन्धानका क्रममा पाइएको ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

विमानस्थलस्थलमा खटिएको ब्यूरोको टोलीले साधरण जाँचका क्रममा शङ्का लागेपछि उनको सुटकेट तलासी लिएको थियो । बरामद गरिएको कोकिनको अवैध बजार मूल्य करिब रु २१ करोड आठ लाख पर्ने प्रहरीको अनुमान छ । उनीमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय लागुऔषध अपराधमा सङ्गठित गिरोह लागेको प्रहरी वरिठ उपरीक्षक आचार्य बताउँछन् । नेपाल हुँदै भारत लैजाने उद्देश्यका साथ उक्त कोकिन काठमाडौँ ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । “यसअघि ब्राजिल र अफ्रिकी मुलुकबाट कोकिन ल्याएको भेटिन्थ्यो, त्यतिबेला बढी मात्रामा कोकिनको क्याप्सुल खाएर आउथे”, उनले भने, “तर अहिले युरोपेली मुलुक लाटभिया, फ्रान्स र कतारको दोहा हुँदै नेपाल ल्याएको अवस्था हो ।”

प्रारम्भिक अनुसन्धानबाट दोहा विमानस्थलबाट कोकिन बोकेर आएको हुनसक्ने देखिएको छ । लागुऔषध कारोबारीले पछिल्ला समय नेपाललाई अवैध लागुऔषध ओसारपसारको ‘ट्रान्जिट’ बनाउन खोजेको विभिन्न घटनाले देखाउँछ । यसअघि प्रहरीले गत असार ३० गते ठमेलस्थित एक होटलबाट पाँच किलो ८२० ग्राम कोकिनसहित एक मलेसियन नागरिकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  ५ : १४ बजे

बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठ रास्वपामा

बुटवल । लामो समयदेखि कांग्रेस निकट रहेर व्यवसायीक संगठनमा सक्रिय

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

रुपन्देहीमा नक्कली नोट छाप्ने अड्डामा प्रहरीको छापा

बुटवल । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने अड्डामा छापा मारेर

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष