१२ बैशाख २०८३, शनिबार | April 25, 2026

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे माओवादी बैठकमा छलफल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ भएको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरुबीच भएको सहमतिबारे जानकारी गराएका थिए । उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरेको प्रवक्ता सापकाटोले जानकारी दिए ।

“लोकतान्त्रिक अभ्यासप्रति सबै सजग र सचेत हुनुपर्ने चर्चा गर्दै बङ्गलादेशको घटनाबाट सबैले शिक्षा लिनुपर्ने, जनताको समस्यालाई गम्भीररुपमा लिएर समाधानतर्फ लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो”, अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने ।

बैठकमा अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइरहेको आशङ्का व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएका थिए ।

स्थायी समिति बैठकमा भोलिदेखि सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । बैठकले प्राकृतिक विपद्, सडक तथा विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार  १० : १३ बजे

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा