४ चैत्र २०८२, बुधबार | March 18, 2026

साँढेको जुढाईमा किचिएर बुटवलमा एक महिलाको मृत्यु



बुटवल । बुटवलमा छाडा चौपाया नियन्त्रणको अनेकन उपाय गरिएपनि सडकमा साँढे आतंक रोकिएको छैन । उपमहानगरका प्रमुख स्थानबाट अभियान नै चलाएर छाडा चौपाया शिवनगरको गौशालामा पुर्याइएपनि नगर भित्र छाडा चौपाया थपिने क्रम रोकिएको छैन ।

बुटवलमा पछिल्लो घटनाकारुपमा सांढेको आक्रमणमा परि एक महिलाको ज्यान गएको छ । साँढेको जुढाईमा परेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भई बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बस्दै आएकी सीताले पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

गत साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

छाडा दुई साँढे बिच सडकमा जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि गम्भीर घाइते भएकी थिइन् । प्रहरीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको सीताको गत २४ गते मृत्यु भएको हो ।

बुटवल उपमहानगरले बुटवल ७ स्थित शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि हरेक दिन बुटवलमा अन्यत्रबाट नयाँ नयाँ छाडा चौपाया भित्रिने क्रम रोकिएको छैन । सिमावर्ती अन्य पालिकाहरुबाट हरेकदिन बुटवलमा नयाँ चौपाया थपिने गरेको बुटवल उपमहानगरले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सीताको निधनको खबरले आफु स्तब्ध भएको बताए । उनले उपमहानगरले निरन्तर प्रयास गरेपनि बाहिरबाट छाडा चौपाया भित्रने क्रम नरोकिएको बताए । ‘सकियो कि भन्यो, फेरि थपिन्छ । सकियो कि भन्यो फेरि थपिन्छ,’ उनले भने, ‘हरेक दिन गौशालामा चौपाया पु¥याएपनि बजारमा थपिने क्रम रोक्न सकिएन ।’

बुटवलमा छाडा चौपाया नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम बढ्दै गएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  १० : १४ बजे

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

भक्तपुर । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ

राजनीतिक दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ महिना पनि कुर्दैनन् : सभापति लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

खोटाङ हेलिकोप्टर दुर्घटनाका पाइलटसहित सबै यात्रु सकुशल : एयर डाइनेस्टी

काठमाडौं । एयर डाइनेस्टी हेली सर्भिसेज प्रा।लि।ले खोटाङमा बुधबार भएको