४ आश्विन २०८३, आइतबार | September 20, 2026

जनार्दनले गरे पार्टी नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव, नेतृत्व छोड्न प्रचण्डलाई सुझाव



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन ।

सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन ।

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्वीकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन् ।

शर्माले पार्टीमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग समेत गरेका छन् । उनले अध्यक्षसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहेर तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका छन् ।

शर्माले हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने प्रस्ताव गरेका छन् ।

शर्माले आफ्नो लिखित प्रस्तावमा मुल नेतृत्व र उसको वरिपरि रहेको समुहले आफुप्रति पार्टी फुटाउन लागेको आरोप लगाएको उल्लेख गरेका छन् । आफूविरुद्ध नेतृत्वले एकपछि अर्को प्रचारबाजी गरिरहेको उनले उल्लेख गरेकाछन् । आठौं महाधिवेशनको हलको मर्म र भावनाअनुसार अडान राख्दा आफुविरुद्ध भ्रम फैलाइएको उनको आरोप छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : ४३ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली