४ आश्विन २०८३, आइतबार | September 20, 2026

माओवादी स्थायी समितिको बैठक : आज अध्यक्ष प्रचण्डले जवाफ दिने



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा अन्य नेताहरु बोलिसकेपछि आज अध्यक्ष प्रचण्डले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै छन् ।

बैठकमा कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्वमा उनको विकल्पसमेत खोजनुपर्ने बताएपछि बैठक पेचिलो बनेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेसँगै माओवादीमा तरङ्ग पैडा भएको छ ।

शर्माको प्रस्तावमा हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने उल्लेख गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ९ : ५२ बजे

जनकपुरमा आगलागी, एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली