१७ माघ २०८२, शनिबार | January 31, 2026

माओवादी स्थायी समितिको बैठक : आज अध्यक्ष प्रचण्डले जवाफ दिने



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । गत शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा पार्टीभित्रका समस्या र समाधानका विषयमा अन्य नेताहरु बोलिसकेपछि आज अध्यक्ष प्रचण्डले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै छन् ।

बैठकमा कतिपय नेताहरुले अध्यक्ष प्रचण्डको कार्यशैलीको आलोचना गर्दै नेतृत्वमा उनको विकल्पसमेत खोजनुपर्ने बताएपछि बैठक पेचिलो बनेको छ । आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ ।

उपमहासचिव जनार्दन शर्माले लिखित धारणा राख्दै अध्यक्ष प्रचण्डको विकल्पमा तेस्रो पुस्ताका युवालाई नेतृत्व दिनुपर्ने प्रस्ताव राखेसँगै माओवादीमा तरङ्ग पैडा भएको छ ।

शर्माको प्रस्तावमा हालको केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयनको बाटो अपनाउनुपर्ने उल्लेख गरिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ९ : ५२ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान