४ पुस २०८२, शुक्रबार | December 20, 2025

आज मध्यराति टेलिकमका ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द हुने



काठमाडौं । ग्राहक सेवा प्रणालीको स्तरोन्नती गर्न भन्दै नेपाल टेलिकमले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द गरेर काम गर्ने भएको छ ।

नेपाल टेलिकमले ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य गर्न आज राति ४ घण्टा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा बन्द गर्ने भएको हो । त्यसक्रममा आज साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ ।

आज एक सूचना प्रकाशित गर्दै टेलिकमले ग्राहक सेवा प्रणालीको स्तरोन्नती कार्य नियमित भएको जनाएको छ । यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत गरेको छ ।

सेवा सम्बन्धी समस्याका लागि सदाझैं १४९८ र १९८ मा डायल गर्न पनि नेपाल टेलिकमले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ९ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको