२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

खजुराको ४ नम्बर वडा अव आफ्नै भवनमा



खजुरा । भाडाको घरबाट सेवा दिँदै आएको बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले आफ्नै नयाँ भवन पाएको छ । खजुरा गाउँपालिका ४ ई गाउँमा वडाको नयाँ भवन बनेसँगै भाडाको घरबाट वडा कार्यालय ई गाउँ स्थित आफ्नै भवनमा सरेको छ ।

नवनिर्मित भवनको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान) र उपाध्यक्ष मन्जु मल्लले सोमबार संयुक्तरुपमा उद्घाटन् गरेका छन् । भवनको उद्घाटन् कार्यक्रममा बोल्दै अध्यक्ष तुफानले वडा कार्यालय व्यवस्थित भएसँगै वडा तहको कार्य सम्पादन पनि व्यवस्थित हुने विश्वास ब्यक्त गरे । उनले नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुने अपेक्षा गरे । ‘हामीले चुनावमा गरेको एउटा महत्त्वपूर्ण प्रतिबद्धता पुरा गरेका छौ। चुनावको बेला वडा नं ४को वडा भवन वनाउँछु भनेर प्रतिबद्धता गरेका थियौं पूरा गरियो ।’ अध्यक्ष विकले भने ।

खजुरा गाउँपालिका उपाध्यक्ष मल्लले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने दाबी गरिन् । उनले व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको उल्लेख गर्दै कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्ने र स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने विश्वास ब्यक्त गरिन् ।

वडा नम्बर ४ का वडा अध्यक्ष टेक बहादुर रोकायले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिएका थिए । भवन उद्घाटन कार्यक्रम खजुरा गाउँपालिका प्रमुख प्रशासकीय बस बहादुर राना, वडा नम्बर २ का वडा अध्यक्ष धनराम वली, विभिन्न राजनीति दलका प्रतिनिधि, स्थानीय नागरिक लगाएतको सहभागीता रहेको थियोे ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ११ : ४९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य