८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

माओवादी र एकीकृत समाजवादीलाई विश्वासमा लिएर संबिधान संशोधन गर्छौं- देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरु नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडी बढ्ने बताएका हुन् ।

देउवाले भने,‘ओलीजी र मबीच भएको सहमति सार्वजनिक नै छ, त्यो केही कुरा लुकाउनुपर्ने छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । त्यसैले कसैले शंका गर्नुपर्ने छैन । ओलीजीसँग धेरै सोचि विचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरुलाई पनि समेटेका छौं । अरुको खिलाफमा हुँदै होइन ।’

कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेबीच मध्यरात गरेको सम्झौताका कारण आशंका उत्पन्न भएको उल्लेख गर्दै संबिधान संशोधन गर्ने नै भए खुला छलफल गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ७ : २१ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय