२३ भदौ २०८३, मंगलबार | September 8, 2026

दोसो बुटवल जुत्ता चप्पल व्यापार मेला भदौ ९ गतेदेखि सुरु

मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने



बुटवल । बुटवलमा दोस्रो जुत्ता चप्पल ब्यापार मेला २०८१ लाग्ने भएको छ । भदौ ९ गते आइतबारदेखि बुटवलको डेल्टा मार्ट परिषरमा जुत्ता मेला लाग्ने भएको हो ।

नेपाली लुगा घरको आयोजनामा दशैसम्म लाग्ने मेलामा नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । मेला आयोजक मुल समितिका संयोजक तथा नेपाली लुगा घरका संचालक प्रकाश भुसालले नेपालमै उत्पादन भएका जुत्ता सिधै ग्राहकको हातमा पुर्याउनका लागि जुत्ता मुलाको आयोजना गरिएको बताए ।

बुटवल मिलन चोकमा रहेको डेल्टा मार्टका परिषरमा लाग्ने जुत्ता मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको ब्यवस्था परिएको भुसालले जानकारी दिए । उनले पहिलो प्राथमिकता ग्राहकलाई दिइएको मेलामा पहिला आउने एक हजार ग्राहकलाई एक रुपैयाँमा एक जोड मोजा समेत उपलब्ध गराइने जानकारी दिए । दशैसम्म संचालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल विक्रि वितरण हुने र करिव पाँच करोड बरावरको कारोबार हुने संयोजक भुसालले जानकारी दिए ।

केही समय अगाडि आगलागीबाट डेल्टा मार्टले करोडौको नोक्सानी बेहोर्नु परेको उल्लेख गर्दै भुसालले जुत्ता मेलाबाट अगाडि तग्रिन लागेको प्रतिकृया दिए । मेलामा सबै उमेर र वर्गका लागि जुत्ता चप्पल राखिने बताइएको छ । हिन्दुहरुका चाडपर्वहरुलाई लक्ष्यित गरेर आयोजना गरिएको जुत्ता चप्पल मेलामा ४० वटा विभिन्न कम्पनीका स्टलहरु रहने फुटवेयर मेनिफेक्चरिङ्ग एशोसियशन नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ८ : ४१ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका