३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

बाँकेकी निर्मला कुर्मीलाई न्याय दिलाउन काठमाडौंमा पैदल मार्च



काठमाडौँ । बाँकेकी एकल महिला निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त रहेका बादशाह कुर्मीलाई प्रदेश सरकारको मन्त्री पदमा नियुक्त गरेको विरोधमा जारी आन्दोलनका क्रममा आज माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ ।

बाँकेबाट काठमाडौं पुगेर आन्दोलन गरिरहेका रुबी खान सहितका आन्दोलकारी महिलाहरुलाई आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज लगायतका सङ्घ संस्थाले एक्यवद्धता जनाउँदै पैदलयात्रामा सहभागी भएका हुन् ।

पैदल मार्चलाई बृहत् नागरिक आन्दोलनले समेत ऐक्यबद्धता जनाएको छ । बाँकेकी निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका कांग्रेस नेता बादशाहलाई नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री बनाएको छ ।

विगतमा उनीमाथि लागेको अपराधको आरोपबारे छानबिन गर्न र दोषीहरूलाई न्यायको कठघरामा उभ्याउन राज्यले गरेको आनाकानीका विरुद्ध विगतदेखि रुवी खान लगायतका अधिकारकर्मीहरूले पटक पटक आन्दोलन तथा अनसन गर्दै आएका छन् । हरेक आन्दोलनमा गृहमन्त्रालयले छानबिनको दायरामा ल्याउने लिखित सहमती जनाँदै आएको छ ।

बादशाह गृह मन्त्रालयको छानबिन समितिले समेत अनुसन्धान गर्नका लागि सिफारिस भैसकेका व्यक्ति हुन् ।

प्रकाशित मिति : १६ भदौ २०८१, आइतबार  ३ : १८ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष